नेपाल हरियो घाँसभित्र लुकेको सर्प हो, पार्टी पनि नछोड्ने, षडयन्त्र गर्न पनि नछोड्ने :ओली — OSNepal

नेपाल हरियो घाँसभित्र लुकेको सर्प हो, पार्टी पनि नछोड्ने, षडयन्त्र गर्न पनि नछोड्ने :ओली

LC (KTM) July 25, 2021 0

काठमाडौं १० साउन । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई हरियो सर्पको संज्ञा दिएका छन् ।

अखिल नेपाल महिला संघको बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ओलीले देशमा उत्पन्न परिस्थितिमा अन्तर्राष्ट्रिय शक्तिको हात रहेको भन्दै नेपालालई हरियो सर्पको संज्ञा दिएका हुन् ।

‘आफ्नै पार्टीमा षडयन्त्र गर्न लागि परेका नेपाल हरियो घाँसमा लुकेको सर्प हो । पार्टी पनि नछोड्ने , षडयन्त्र गरिरहने’ ओलीले भने । नेपाललाई पार्टीले कारवाही गर्ने बताएका ओलीले आफु पार्टीको निर्णयबमोजिम चल्ने भन्दै नेपाललाई आफैले मात्र कारवाही वा माफी दिन नसक्ने पनि बताएका छन् ।

बैठकमा ओलीले नेपालको नाम नलिई नेपालतिर नै संकेत गर्दै माओवादीको टुप्पी अर्कैको हातमा भएको दावीका साथ माओवादी एमाले फुटाउने षड्यन्त्रमा लागेको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर