काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा — OSNepal

काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा

LC (KTM) July 25, 2021 0

काठमाडौँ १० साउन । गत वैशाख १६ गते देखि जारी निषेधाज्ञालाई परिर्वतन गर्दै खुकुलो बनाइएकोमा फेरि १० दिने थप्ने निणर्य भएको छ ।

आज बसेको उपत्यकाको तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज सोमबारदेखि १० दिनसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । निषेधाज्ञाको मोडालिटी भन केहि परिर्वतन गरिएको छैन ।

पहिले जस्तै आजबाट लागु हुने निषेधाज्ञामा सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लबलगायत मानिसहरू भिड हुने कार्यक्रमहरू सञ्चालन गराउन अनुमति दिएको छैन ।

स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर