ओली निकट रानाले संसद् विघटन राजनीतिक निर्णय हो भनेपछि नेपालले भने, प्रतिगमनका मतियारहरू राजीनामा दिएर निस्कनुस् — OSNepal

ओली निकट रानाले संसद् विघटन राजनीतिक निर्णय हो भनेपछि नेपालले भने, प्रतिगमनका मतियारहरू राजीनामा दिएर निस्कनुस्

LC (KTM) July 25, 2021 0

काठमाडौँ १० साउन । अन्तत नेकपा एमाले विवाद संसदीय समितिमा समेत प्रवेश गरेको छ ।

आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा अध्यक्ष केपी ओलीका सांसद नारदमुनी राना र वरिष्ठ नेता माधव नेपालबिच चर्काचर्की भएको हो । संसद पुर्नस्थापना भएपछि पहिलो पटक सिंहदरबारमा बसेको संसदीय समितिमा संसद् विघटन राजनीतिक निर्णय भएको भन्दै रानाले ओलीको बचाउ गरेपछि नेपाल आक्रोशि बनेका हुन् ।

नेपाल निकट सांसद दीपकप्रकाश भट्टले उनलाई मतियार नबन्न आग्रह गरेका थिए । नेपालले प्रतिगमनको मतियार बन्ने तपाई ? राजीनामा दिएर निस्कनुस् भनेका थिए । ‘प्रतिगमनका मतियारहरूले संसदमा बस्ने अधिकार राख्दैनन, बाहिर जानुस् ’ उनले भने ।

सहभागी अन्य सांसदहरुले भने पार्टीको विवाद संसदीय समितिमा नल्याउन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर