तनहुँ १० साउन । १९ वर्षीया किशोरीलाई सामुहिक जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका ३ चाम्बास बस्ने २४ वर्षीय अशोक गुरुङ लगायत २ जना रहेका छन् ।
गुरुङ लगायत पाँच जनाले एक किशोरीलाई सामुहिक जबरजस्ती करणी गरेको सुचना प्राप्त हुनासाथ घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले गुरुङ सहित २ जनालाई पक्राउ गरेको छ ।
अन्य तिन जनाको भने खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।