२४ घण्टा नबित्दै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३२ वर्षीया महिला सहित पाँच जना कोरोना संक्रमितको मृत्यु — OSNepal

२४ घण्टा नबित्दै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३२ वर्षीया महिला सहित पाँच जना कोरोना संक्रमितको मृत्यु

LC (KTM) July 25, 2021 0

बुटवल १० साउन । पछिल्लो २४ घण्टा नबित्दै लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँच जना कोरोना संक्रमितको ज्यान गएको छ । १८ घण्टाको समयमा रुपन्देही र गुल्मीका २÷२ जना र प्यूठानका एक जना गरी पाँच जना संक्रमितको ज्यान गएको अस्पताले जनाएको छ ।

ज्यान गुमाउनेमा गुल्मीको चन्द्रकोट–५ का ५६ वर्षका पुरुष,गुल्मी इस्मा–५ का ७१ वर्षीय अर्का पुरुष , बुटवल उपमहानगरपालिका–७ का ४४ वर्षीय पुरुष,तिलोत्तमा नगरपालिका–५ की ३२ वर्षीया महिला रप्यूठानको सरुमारानी–२ की ६३ वर्षीय महिलाको उपचारको क्रममा ज्यान गएको हो ।

कोरोना संक्रमण भएपछि उनीहरु गत असार २३ गते देखि यताको फरक फरक मितिमा अस्पताल भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर