झापा १० साउन । श्रोत नखुलेको नगद ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँ नगद सहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा गाउँपालिका २ बेलाईतीबारी बस्ने ४६ वर्षीय गौरी मण्डल रहेकी छिन् । उनलाई प्रहरीले सोही ठाउँबाट शनिबार पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागि जाँच गर्दा उक्त स्रोत नखुलेको रकम प्रहरीले बरामत गरेको हो ।
निजलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुशधान अगाडी बढाएको छ ।