काठमाडौँ १० साउन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गण्डकी प्रदेश सरकारले दलित समुदायप्रति अपमान गरेको बताएका छन् । प्रदेश सरकारले मन्त्रिपरिषद विस्तार गर्दा दलित प्रतिनिधित्व टुटाएर पार्टीले अक्षम्य भुल गरेको बताएका कोइरालाले पार्टीले अक्षम्य भुल गरेको बताएका हुन् ।
आज आइतबार एक विज्ञप्ती जारी गर्दै कोइरालाले ‘पार्टीले गरेको अक्षम्य भुल हो। दलित समुदायप्रतिको अपमान भएकोे बताएका हुन् ।
विज्ञप्तीमा भनिएको छ, ‘त्यति मात्र नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरुको शिर निहुरिएको छ’ कोइरालाले भनेका छन्,-भोलि कुन मुखले उनीहरुको अगाडि जाने ? यो हेक्का राख्नु पर्दैन ? कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो ? सामाजिक न्यायका कुरा केवल ईतिहासको बखान र शब्द रटान मात्रै होइन व्यवहार र लोकतान्त्रिक आचरण पनि हो।’
लोकतान्त्रिक समाजवाद र समावेशीताबाट नेपाली कांग्रेस कहिल्यै पर जान नसक्ने र जान पनि नहुने भन्दै कोइरालाले गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममा समावेशीता र अझ दलित समुदायको प्रतिनिधित्वलाई जसरी लत्याइयो, यो दुर्भाग्यपूर्ण भएको विज्ञप्ती मार्फत उल्लेख गरेका छन् ।
काग्रेसले गण्डकी प्रदेश सरकार विस्तारका क्रममा तनहुँका डोबाटे विश्वकर्माको नाम सपथ लिने अन्तिम समयमा आएर रद्ध गरिएको थियो । जसको चौतर्फी आलोचना भएको थियो ।