खाडी मुलुक बाट सिलिन्डर को लागि रकम संकलन गर्नु आपत्तिजक - उत्तम अधिकारी — OSNepal

खाडी मुलुक बाट सिलिन्डर को लागि रकम संकलन गर्नु आपत्तिजक – उत्तम अधिकारी

LC (KTM) May 16, 2021 0

काठमाडौं ।वैदेशिक रोजगार को लागि खाडी मुलुक गएका युवाहरु बाट अक्सिजन सिलिन्डर को नाममा रकम संकलन गर्ने कार्य आपत्तिजनक रहेको “रिटर्नी माइग्रेन्ट नेपाल” का अध्यक्ष उत्तम अधिकारीले बताएका छन ।

वैदेशिक रोजगार बाट स्वदेश फर्केकाको सीप, अनुभव र पुँजीलाई राज्यको समृद्धि प्राप्ति र स्वयं व्यक्तिको आर्थिक विकासमा टेवा पुयाउन “रिटर्नी माइग्रेन्ट नेपाल ” संस्थामार्फत नेपाली युवाहरूलाई सङ्गठित बनाएका अधिकारी ले अक्सिजन सिलिन्डर खरिदका लागि खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकबाटै रकम संकलन गरिएको बारे आपत्ति जनाएका हुन।

कोभिड-१९ संक्रमणका कारण खाडि क्षेत्रमा अप्ठ्यारोमा परेका नेपाली श्रमिकबाट रकम संकलन गर्नु समय सान्दर्भिक नभएको बताएका हुन। प्रवासी नेपालीहरु ले हरेक दु:खद घडीमा अत्यन्तै ठुलो सहयोग पुर्याउदै आइरहेका छन् । पसिना संग पैसा साट्ने वैदेशिक नेपाली श्रमिक प्रति संघ संस्था नेपाल सरकार गैरजिम्मेवार बनेको टिप्पणी गरेका हुन ।

उत्तम अधिकारी ले आफ्नो फेसबूक मा स्टाटस लेख्दै भने “गैर आवासीय नेपाली संघले आफ्नो आन्तरिक बजेटबाट अक्सिजन सिलिन्डर खरिद गरेको हो भने हामी त्यसको उच्च प्रसंशा गर्दछौं । तर श्रमिक संग संकलन गरियो संघ ले श्रमिक संग संकलन गरेको रकम फिर्ता गरोस् नेपाल सरकार परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण होस् । ”
Attachments area

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर