काठमाडौँ उपत्यकामा कोरोना बढ्दै जान थालेपछि निषेधाज्ञा थप्ने तयारी — OSNepal

काठमाडौँ उपत्यकामा कोरोना बढ्दै जान थालेपछि निषेधाज्ञा थप्ने तयारी

LC (KTM) July 25, 2021 0

काठमाडौं । काठमाडौं उपत्यकामा लामो समयदेखि जारी निषेधाज्ञाले फेरी निरन्तरता पाउने भएको छ ।

पछिल्ला दिनमा कोरोना संक्रमणको दर बढ्दै गइरहेका बेला निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी गरिएको बताइएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार संक्रमण बढिरहेकाले निषेधाज्ञा पुरा हट्दैन । सार्वजनिक सवारीसाधन खुलेपनि उपत्यकाभित्र रात्रि क्लब, पार्टी प्यालेस, होटेल, रेष्टुरेण्टमा कडाई हुन सक्नेबारे प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिए ।

आज चार बजे तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर निर्णय गरिने बताइएको छ । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा आइतबार राति १२ बजे सकिँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर