रणवीर कपूर, रश्मिकाको ‘एनिमल’ले तोडयो ‘पठान’ र ‘जवान’को रेकर्ड — OSNepal

रणवीर कपूर, रश्मिकाको ‘एनिमल’ले तोडयो ‘पठान’ र ‘जवान’को रेकर्ड

LC (KTM) November 26, 2023 0

मुम्बई । हालै रणवीर कपूर, रश्मिका मन्डन्ना, अनिल कपुर र बबी देओल स्टारर फिल्म एनिमलको ट्रेलर रिलिज भएको थियो ।

जसमा रणवीर कपुरको हिंस्रक अवतारले मानिसको मनमा घर गरेको छ, मानिसहरूले यो फिल्मलाई ब्लकबस्टर भन्न थालेका छन ।नेपाल समचारपत्रमा खबर छ ।

यसैबीच, एनिमलको ट्रेलरले पठान, जवान र टाइगर ३ को ट्रेलरलाई हेराइको हिसाबले पछाडि छोडेको खबर छ । तर, केजीएफ २ र प्रभासको आदिपुरुषको रेकर्ड भने तोड्न सकेन ।

एनिमलको हिन्दी ट्रेलर २४ घण्टामा ५३ मिलियन पटक हेरिएको छ र जसका कारण सबैभन्दा धेरै हेरिएका १० ट्रेलरको सूचीमा परेर रेकर्ड दर्ता गरेको छ । योसँगै जवानको प्रिभ्यु पनि एनिमलको ट्रेलरले छोडेको छ । तर, प्रभासको आदिपुरुषलाई हराउन भने असफल साबित भएका छन् ।

सूचीको बारेमा कुरा गर्दा, कोइमोईको रिपोर्ट अनुसार, सबै भाषाहरूमा भारतीय रेकर्ड बुकको इतिहासमा २४ घण्टामा शीर्ष १० सबैभन्दा धेरै हेरिएको ट्रेलरको सूचीमा केजीएफः चैप्टर २ पहिलो स्थानमा छ, जसको ट्रेलर १०६।५ पटक हेरिएको थियो। दोस्रो स्थानमा ‘आदिपुरुष’ को ट्रेलर रहेको छ, जसलाई ७४ मिलियन भ्युज छ । तेस्रो नम्बरमा रहेको एनिमलको ट्रेलरले ७१।४ मिलियन भ्युज पाएको छ । चौथो नम्बरमा राधे श्याम ५७।५ मिलियनसहित छन् । पाँचौँ नम्बरमा रहेको जवान प्रिभ्युले ५५ मिलियन भ्युज पाएको छ ।

आरआरआर छैटौं स्थानमा छ, जसले ५१।१ मिलियन भ्युज पाएको छ । सातौं नम्बरमा रहेको ‘तू झुठी मैं मक्कर’ले ५०।९ मिलियन भ्युज पाएको छ । आठौं नम्बरमा साहो छ, जसको ट्रेलरले ४९ मिलियन भ्युज पाएको छ । ४५ मिलियन भ्युजसहित सर्कस नवौं र सम्राट पृथ्वीराजको ट्रेलर ४३।८ मिलियन भ्युसहित दशौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर