कहिलेबाट लगाउन पाइन्छ सोर्सफोर्स नलगाई कोरोनाको खोप लगाउन ? — OSNepal

कहिलेबाट लगाउन पाइन्छ सोर्सफोर्स नलगाई कोरोनाको खोप लगाउन ?

LC (KTM) July 25, 2021 0

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत केही पालिका र जिल्लामा पहुँचका भरमा खोप लगाउने गरिएको हो । सरकारले कोभिड खोपका लागि लक्षित समूहको प्राथमिकीकरण योजना बनाएको छ ।

तर, सरकारी निकायले खोप लक्षित वर्गले लगाए वा लगाएनन् भन्नेबारे अनुगमन तथा नियमन गरेका छैनन् । काठमाडौंसहित केही जिल्लामा लक्षित समूहबाहेक अन्यले समेत खोप लगाएका छन् । काठमाडौंमा १८ वर्ष उमेर समूहमाथिलाई जोन्सन एन्ड जोन्सन खोप लगाएका छन् ।

यसअघि, सरकारले जोन्सन एण्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहकालाई लगाउने निर्णय गरेको थियो । जोन्सन एन्ड जोन्सन खोप पूर्ण र अति अशक्त अपागंता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मी, यसअघिको अभियानमा खोप लगाउन छुट भएकालाई लगाउने स्वास्थ्य मन्त्रालयको योजनामा छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले स्वास्थ्य मन्त्रालयको यसअघिको निर्णयमा कुनै परिवर्तन नभएको बताए । उपलब्ध खोपको आधारमा पालिकाहरूले केही निर्णय गरेको हुनसक्ने उनी बताउ“छन् । उनका अनुसार पालिकाले लक्षित समूह नछुट्नेगरी १८ वर्षमाथिकालाई खोप लगाउने निर्णय गरेको पाइएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

‘लक्षित समूहले खोप पाएनौं भनेर आउने अवस्था स्थानिय तहले दिनुभएन,’ डा.गौतमले भने, ‘लक्षित समूहलाई खोपको पहिलो प्राथमिकतामा राखिएको छ ।’ लक्षित समूहलाई खोप लगाई खोप बाँकी रहेमा सम्बन्धित जिल्ला वा स्थानीय तहको समन्वय समितिमा निर्णय गराई अन्यलाई लगाउनसक्ने स्वास्थ्य मन्त्रालय बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर