सङ्खुवासभामा एक हजार सात सयमा डेङ्गु सङ्क्रमण — OSNepal

सङ्खुवासभामा एक हजार सात सयमा डेङ्गु सङ्क्रमण

LC (KTM) November 12, 2023 0

खाँदबारी-पूर्वी हिमाली जिल्ला सङ्खुवासभामा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार सात सय पुगेछ । सङ्क्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चासो राखेको छ । महाशाखाले सङ्खुवासभाका १० स्थानीय तहका प्रमुख, उपप्रमुख र स्वास्थ्य प्रमुखलाई सदरमुकाम खाँदबारीमा भेला पारेर डेङ्गु सङ्क्रमण नियन्त्रण र रोकथामका बारेमा शुक्रबार जानकारी लिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले विद्यालयमा बालबालिकालाई डेङ्गुका बारेमा जनचेतना दिन, स्कूल हेल्थ नर्स कार्यक्रमलाई सक्रिय बनाउन, डेङ्गु नियन्त्रण र रोगथामका लागि स्वयंसेवक परिचालन गर्न, स्थनीय तह र स्वास्थ्य संस्थामार्फत खोज र नष्ट अभियानलाई तीव्रता दिन निर्देशन दिएको बताउनुभयो ।

साउन र भदौ महिनामा मात्रै डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार सात सय १० पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार सङ्खुवासभाका भोटखोला र चिचिला गाउँपालिकामा सङ्क्रमित देखिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर