बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा ब्यवसायी राज कुन्द्रालाई गएराती मुम्बई पुलिसको क्राईम ब्रान्चले गिरफ्तार गरेको छ । उनको गिरफ्तारीलाई लिएर धेरै ब्यक्ति चिन्तित भएका छन् । बलिउडको महशुर अभिनेत्री शिल्पाको पति ब्यवसायको आडमा कालो धन्धामा संलग्न भएको थाहा पाए पछि सारा चकित परेका छन् ।
यस भन्दा पहिला राज कुन्द्राले बिभिन्न प्रकारको ब्यापार तथा ब्यवसाय गर्ने गरेका थिए । उनी सुरुवातमा पश्मीना सल बेच्ने काम गर्थे । यसपछि उनले धेरै प्रकारका बिजनेसमा हात हालेका थिए । आज हामी तपाईलाई यो जानकारी दिदैछौ कि राज कुन्द्रा कसरी यति ठुलो बिजनेसम्यान बने । राज कुन्द्राको जन्म लण्डनमा भएको थियो ।
उनी त्यहि पढे बढेका थिए । उनको बुवा लुधियानाका थिए । पछि उनी लण्डन सिफ्ट भएका थिए । लण्डनमा उनका पिता बस कण्डक्टर थिए । उनको आमा एक पसलमा काम गर्थिन् । त्यसपछि उनको बुवाले एउटा सानो ब्यवसाय सुरु गरे । राज कुन्द्रा जब १८ बर्षको भए उनी लण्डनबाट दुबई गए र उनी सिधै नेपाल आए । नेपालमा उनले पश्मीना सलको ब्यवसाय सुरु गरे ।
उनले नेपाल तथा जम्मु–कश्मीरको पश्मीना सल बेलायतको ठुलो फेशन हाउसमा बेच्न सुरु गरेका थिए । राज कुन्द्राको यो ब्यवसाय राम्रो संग चल्यो । त्यसपछि उनी दुबई गए र एजेन्शियल जनरल ट्रैण्डिङ्ग कम्पनी स्थापीत गरे । यो कम्पनि मेटल, कन्स्ट्रक्शन, माइनिंग तथा ग्री रीन्युबल प्रोजेक्टको डिल गर्न लाग्यो । यसपछि उनले फाईनान्स तथा बलिउड फिल्मको प्रोडक्शनमा हात हाले ।
पहिलो पत्नी कबिता कुन्द्रासंग डिर्भाेस पछि २००९ मा राज कुन्द्राले शिल्पा शेट्टी संग बिबाह गरे त्यसपछि उनले शिल्पा शेट्टी फाउण्डेशन नामको चैरिटेबल ट्रस्टको शुरुवात गरे । २०१३ मा राज एजेन्सियल स्पोट तथा मीडिया संग जोडिए । २०१५ मा राज कुन्द्रा बेस्ट डील टीभीको प्रमोटर बने । यो होम शपिङ च्यानल थियो ।
यसमा उनको को–प्रोमोटर अक्षय कुमार हुन् । यसपछि उनले भारत सरकारको स्टार्टअप इण्डिया अन्र्तगत पहिलो लाइभ स्ट्रीमिंग मीडिया एप जल्दी लाइभ स्ट्रीम एप शुरु गरे । यसरी पश्मीना सल बाट सुरु गरेको ब्यवसायका कारण उनी एक सफल ब्यवसायी बनेका थिए । राज कुन्द्राले यस्तै एप मार्फत पोर्न भिडीयोको स्ट्रीम गर्ने गरेका थिए ।