आलोचनाका बाबजुत पनि सलमान खानको राधेले तोड्यो रेकर्ड, बन्यो सबैभन्दा बढी हेरिएको फिल्म — OSNepal

आलोचनाका बाबजुत पनि सलमान खानको राधेले तोड्यो रेकर्ड, बन्यो सबैभन्दा बढी हेरिएको फिल्म

LC (KTM) May 16, 2021 0

सलमान खानको राधे फिल्मले रेकर्ड बनाउन सफल भएको छ । डिजिटल माध्यमबाट र अन्र्तराष्ट्रिय बजारमा थिएटर्समा रिलिज गरिएको यस फिल्मले दर्शक माझ राम्रै छाप छोड्न सफल भएको छ ।

रिलिज भएकै दिन सबैभन्दा बढी हेरिएको फिल्मको रेकर्ड बनाउन सफल भएको छ चलचित्र राधे । त्यतिमात्र हैन रिलीजको दिन धेरैले लग ईन गरेका कारण सर्वर नै डाउन भएको थियो ।

फिल्मको पहिलो दिन बिभिन्न प्लाटफर्ममा ४.२ मिलियनले हेरेका छन् । यो एक दिनमा सबैभन्दा ज्यादा हेरिएको फिल्मको रेकर्ड बनेको छ ।

युएईमा थिएटर्सको ५० प्रतिशत क्षमताका साथ ओपनिङकै दिन ३,७९,००० अमेरिकी डलर कलेक्सन भएको छ । जबकी सलमानकै पछिल्लो फिल्म दबंग ३ भन्दा बढी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर