बलिउड यतिबेला राज कुन्द्राको बिषयले एकदमै गर्माएको छ । राजका बिषयमा प्रहरीले अनेक नयाँ तथ्यहरु फेला पारिरहेको छ भने नयाँ शिरा बाट यस केसलाई अनुषन्धान गरिरहेको छ । पोर्नाेग्राफीको केसमा फसेका राजको समर्थन र बिरोधमा आवाजहरु आउन थालेका छन् ।
उनी संगै काम गरेका कतिपय अभिनेत्रीहरुले उनलाई ठग, जाली र चोरको संज्ञा दिएका छन् । राज संगै जोडिएकी अभिनेत्री शिल्पा शेट्टीलाई भने यस बिषयले करियरमै धक्का लगाएको छ । आफ्नो पति जेलमा रहेका बेला शिल्पालाई मुम्बई क्राईम ब्रान्चको प्रपर्टी सेलको टिमले ६ घण्टा लामो सोधपुछ गरेको थियो ।
सोधपुछको क्रममा राज कुन्द्राको ब्वयसाय देखी लिएर एपका बारेमा समेत प्रश्न गरेको थियो । शिल्पाले भने आफ्नो श्रीमान् निर्दाेष रहेको बताएकी थिईन् । अश्लील फिल्म बनाएर हट्सएप मार्फत प्रर्दशन गरेको बिषय तपाईलाई थाहा छ कि छैन भनेर प्रहरीले सोधेको थियो । जवाफमा शिल्पाले आफुलाई मात्र हैन राज लाई समेत थाहा नभएको दाबी गरेकी छिन् ।
उनले आफ्नो श्रीमानको बियान कम्पनीले वेभ सिरिज र शर्ट फिल्म बनाउँछ भन्ने बारेमा आफूलाई थाहा नभएको पनि दाबी गरेकी छिन् । शिल्पाले एप कसरी संचालन हुन्छ को बाट हुन्छ यो आफुलाई जानकारी नभएको दाबी गरेकी छिन् । उनले बियान कम्पनीको निर्देशक पदबाट राजिनामा समेत दिईसकेको जिकिर गरेकी छिन् ।
उनले आफ्नो पति राजको बचाउ गर्दै यो सबै खेल बिजनेस पार्टनर प्रदीप बक्षीको रहेको जिकिर समेत गरिन् । प्रदीप बक्षीले आफ्नो श्रीमानको नाम दुरुपयोग गरेर यो सबै मामलामा फसाएको शिल्पाको दाबी छ । प्रहरीले शिल्पाको घरमा छापा मारेर केही प्रमाणहरु समेत जुटाएको छ ।