ओलीका समर्थकलाई हनुमानको संज्ञा दिएका प्रचण्डले भने, कलियुगका हनुमान हुन् ओलीलाई अब धेरै बोक्दैनन् — OSNepal

ओलीका समर्थकलाई हनुमानको संज्ञा दिएका प्रचण्डले भने, कलियुगका हनुमान हुन् ओलीलाई अब धेरै बोक्दैनन्

LC (KTM) July 24, 2021 0

काठमाडौँ ९ साउन । नेकपा माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अब पार्टीभित्रैबाट चिन्ने क्रम सुरु भएको टिप्पणी गरेका छन् ।

आज शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौँ स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् ।

ओलीका समर्थकलाई हनुमानको संज्ञा दिएका प्रचण्डले अब कलियुगका हनुमानले धेरै बोक्न नसक्ने भन्दै ओलीको साथ छोड्दै जाने बताएका छन् ।

प्रचण्डले भने, “जसलाई उनले आफ्नो हनुमान ठान्छन्, त्यो हनुमान पनि नेत्रायुगका हनुमान त होइनन्, कलियुगका हनुमान हुन् । धेरै बोक्दैनन् । त्यो दिन आउँछ भन्ने देख्छु मैले ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर