ओली सरकार ढलेसँगै किन विप्लवले बढाए शिर्ष नेताहरुसँगको भेटवार्ता ? — OSNepal

ओली सरकार ढलेसँगै किन विप्लवले बढाए शिर्ष नेताहरुसँगको भेटवार्ता ?

LC (KTM) July 24, 2021 0

काठमाडौँ ९ साउन । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द र नेकपा एमालेका नेता रामबहादुर थापा बादलबिच भेटवार्ता भएको छ । आज शनिबार बादलको निवासमा विप्लवसहित खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पुगेका हुन् ।

पुर्व माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका बादल र विप्लवबिच भएको भेटवार्ताको विषयमा भने सार्वजनिक गरिएको छैन । आज मात्रै जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुरलाई भेटेका विप्लवले बादललाई पनि आजै भेटेका हुन् ।

आफ्नो तीन बुँदे माग कार्यान्वयन गर्न लागि लागि परेका विप्लव ओली सरकार ढलेसँगै शिर्ष नेताहरुकोसँगको भेटवार्तालाई तीव्रता दिएका हुन् । केपी ओलीको सरकार रहँदा तीन बुँदे सहमति पत्रमा हस्ताक्षर गरी भुमिगत राजनीतिबाट खुल्ला राजनीतिमा आएका विप्लवको तीन बुँदे माग कार्यान्वयन नहुँदै ओली सरकार ढलेको हो ।

अहिले गठवन्धनको नेतृत्वमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर