गठवन्धन सरकारलाई चेतावनी दिँदै बस्नेतले भने, एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्छ — OSNepal

गठवन्धन सरकारलाई चेतावनी दिँदै बस्नेतले भने, एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्छ

LC (KTM) July 24, 2021 0

काठमाडौं ९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट नेता महेश बस्नेतले पार्टी फुटाउने अध्यादेश ल्याए आगो बाल्ने चेतावनी दिएका छन् । आज युर्थ फोर्सको भ्याली कमान्ड गठन कार्यक्रममा सहभागी भएका नेता बस्नेतले यस्तो अभिव्यक्ति दिएका हुन् ।

कार्यक्रममा बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका हुन् । पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि आगो बल्ने चेतावनी दिएका बस्नेतले ‘राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न समेत सत्तारुढ गठबन्धन आग्रह गरेका छन् ।

युथ फोर्सको भ्याली कमान्ड गठन कार्यक्रमा अध्यष केपी ओलीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिए पनि ओली भने सहभागी भएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर