काठमाडौं ९ साउन । नेपालमा पछिल्लो २४ घण्टमा थप ३ हजार १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसै गरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको ज्यान गएको छ भने, २१ सय ९७ जना संक्रमणमुक्त भएकाृ स्वास्थ्य मन्त्रालयले जनाएको छ ।