आफैले पुन: अस्तित्वमा ल्याएको 'युथ फोर्स'को भ्याली कमाण्ड घोषणा कार्यक्रममा अध्यक्ष ओली आफै गएनन् — OSNepal

आफैले पुन: अस्तित्वमा ल्याएको ‘युथ फोर्स’को भ्याली कमाण्ड घोषणा कार्यक्रममा अध्यक्ष ओली आफै गएनन्

LC (KTM) July 24, 2021 0

काठमाडौँ ९ साउन । नेकपा एमाले निकट भातृ संगठन युवा संघ नेपालको युथ फोर्सको भ्याली कमाण्ड घोषणा कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । कार्यक्रमको प्रमुख आतित्थ्यमा ओलीलाई राखिएको भएपनि ओलीले आफ्नो ठाउँमा महासचिव ईश्वर पोखरेललाई पठाएका हुन् ।

पोखरेलले पनि प्रमुख अतिथिको रूपमा आफ्नो मन्तव्य राखेर कार्यक्रम समापन हुन अगावै बाहिरिएका छन । अन्य युवानेताहरुको मन्तव्य पोखरेलले सुन्दै नसुनी बाहिरिएका हुन् ।

काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटबाट गरिएको भ्याली कमाण्ड घोषणा कार्यक्रममा पोखरेलले जनताले नरुचाएको काम युथ फोर्सले नगर्ने, उत्पादनका कुरासँग जोडिने, रोजगारी र स्वरोजगारीको पक्षमा अभियान चलाउने काम गर्नुपर्ने बताएका छन् ।

एमाले पार्टीमै विवाद र्सिजना भएका कारण ओली र माधव नेपालले एक अर्कालाई देखाउन भएपनि पुन अस्त्विमा ल्याएको अखिल र युथ फोर्सलाई पार्टीकै नेताहरुले चौतर्फी आलोचना गरेपछि ओली आजको कार्यक्रममा नगएको जनाइएको छ ।

नेता योगेश भट्टराईले यी दुवै बाहुबली संगठनहरू खारेजीको माग गर्दै ओली र नेपालसँग यसको औचित्य के भन्दै प्रश्न समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर