आखिर बिग बोसमा सलमानले के दिए जस्का कारण अभिनेत्री निक्की तम्बोलीमा आयो यति ठुलो बदलाव ? — OSNepal

आखिर बिग बोसमा सलमानले के दिए जस्का कारण अभिनेत्री निक्की तम्बोलीमा आयो यति ठुलो बदलाव ?

LC (KTM) July 24, 2021 0

बिग बोस सिजन १४ ले अभिनेत्री निक्की तम्बोलीलाई एकदमै पपुलर बनाई दियो । पहिला गुमनाम रहेकी निक्की आजकल एकदमै लाईटमा आएकी छिन् ।

निक्कीले आफ्नो यस शानदार यात्राका लागि सलमान खानलाई धन्यबाद दिएकी छिन् । निक्कीले सलमान खानको सुझावकै कारण आफ्नो जिन्दगीलाई एकदमै राम्रो तरिकाले बढाउन सकेको बताएकी छिन् ।

सलमानले निक्कीलाई दिए यस्तो सुझाव

निक्की तम्बोलीले बिग बोस सकिने बित्तिकै आफुलाई ब्यक्तिगत रुपमा के भनेका थिए भन्ने बारे उनले बताएकी छिन् । उनले भनिन्– म बिग बोसमा ५ महिनाको लागि थिए । पहिला म आफ्नो इमेजलाई लिएर सोच्दिन थिए । किनकी मलाई कसैले चिन्दैनथ्यो । म आफ्नो शब्दको फिल्टर गर्दिन थिए । म एकदमै खुल्ला थिए ।

जस्लाई मानिसहरुले गलत तरिकाले लिए र मलाई रुड बताए । मलाई मेरो यात्राका दौरान सलमान खान सरले सिकाउनुभयो कि हर कोही हामी जस्तो हुदैनन् । मानिसहरु त्यसरी सोच्छन् जुन उनीहरु चाहान्छन् । उनले सलमानले आफुलाई सधै गाइड गरेको बताईन् । त्यतिबेला सलमानले आफुलाई तिमी त्यो ब्यक्ति होईन् जो बिग बोसमा देखिएकी थियौ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर