सुशान्त सिंह राजपुतले यो संसार बाट बिदा लिएका छन् तर उनी सधै सबैको मनमा बस्न सफल भएका छन् । उनी मरेर गए पनि अमर रहेका छन् । सुशान्त सिंह राजपुतको अन्तिम फिल्म दिल बेचारा २४ जुलाई २०२० मा डिज्नी प्लस हटस्टारमा रिलीज भएको थियो ।
सबैले यस फिल्मलाई एकदमै मन पराएका थिए । फिल्म हेर्दा कसैको आँखामा आँसुले भरियो भने कसैको अनुहारमा मुस्कान छाएको थियो । मुकेश छाबडाको निर्देशनमा बनेको पहिलो फिल्म रिलीज भएको आज एक बर्ष पुरा भएको छ । दिल बेचारमा फिल्ममा संजना साँघीले पनि बलिउडमा डेब्यु मारेकी थिईन् ।
नायिका संजनाले सुशान्तलाई यसरी गरीन् याद
दिल बेचारा फिल्म एक बर्ष पुरा भएको अवसरमा अभिनेत्री संजना सांघीले त्यस समयको याद गरेकी छिन् जब उनी सुशान्त सिंह राजपुत संग मिलेकी थिईन् । एक अन्र्तबार्तामा संजनाले भनेकी छिन् एक अर्का संग भेटेको ५ मिनेटमा उनीहरु दुबै जनालाई थाहा भएको थियो कि दुबै नर्डस् पढाकु थिए ।
उनका अनुसार दुबै जना बिच धेरै कुराहरु एकदमै कमन थियो । सबैभन्दा समान कुरा थियो दिल्ली । संजना दिल्लीकी थिईन् भने सुशान्त सिंह राजपुतले दिल्लीमै पढाई पुरा गरेका थिए । उनले भनिन्– हामी पहिलो पटक मुकेश सरको अफिसमा भेटेका थियौ । भेटको ५ मिनेटमै थाहा भएको थियो कि हामीहरु दुबै जना पढाकु थियौ ।
शैक्षिक क्षेत्र संग जोडिएका कुराका लागि हाम्रो धारणा एउटै थियो । उनले आफुले सुशान्त बाट आफुले एउटा कुरा सिकेको बताएकी थिईन् । सुशान्तले उनलाई आफ्नो शक्तिलाई कसरी सेभ गर्ने भन्ने बारे बताएका थिए ।