जसपाको उपेन्द्र यादव पक्षको बैठक बालकुमारीमा सुरु — OSNepal

जसपाको उपेन्द्र यादव पक्षको बैठक बालकुमारीमा सुरु

LC (KTM) July 24, 2021 0

काठमाडौं ९ साउन । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु भएको छ । बैठक आज शनिबार पार्टी कार्यालय बालकुमारीमा बसेको हो ।

बैठकमा समसामयिक राजनीतिक विषयवस्तु छलफल हुने बताइएको छ । संसदीय दलको विधान अनुमोदन गर्ने, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन गर्नेलगायतका विषयमा समेत बैठक केन्द्रित हुने बताइएको छ ।

त्यस्तै, हिजो मात्र महन्थ ठाकुर निवार्चन आयोगको निणर्यविरुद्ध सर्वोच्च अदालत पुगेका थिए । यस विषयमा पनि आजको बैठकमा छलफल हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर