महन्थ ठाकुर र विप्लवबिच आज भेटवार्ता — OSNepal

महन्थ ठाकुर र विप्लवबिच आज भेटवार्ता

LC (KTM) July 24, 2021 0

काठमाडौं ९ साउन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आज जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।

आज शनिबार ठाकुर निवास पुगेका विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ समेत सहभागी भएका थिए । हिजो मात्र राप्रपाका अध्यक्ष कमल थापासँग भेटवार्ता गरेका विप्लवले आज भने ठाकुरसँग भेटवार्ता गरेका हुन् ।

केपी ओली सरकार भएको समयमा तिन बुँदे सहमतिमा हस्ताक्षर गरी खुल्ला राजनीतिमा आएको विप्लव ओलीको सत्ता ढलेसँगै पछिल्लो समय विभिन्न दलका शिर्ष नेताहरुसँग भेटवार्ता गरिरहेका छन् । भेटमा आफ्ना माग समेत कार्यान्वयन गर्न आग्रह गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर