भवन क्षतिग्रस्त भएपछि खुल्ला चौरमा स्वास्थ्य सेवा सुरु गरियो — OSNepal

भवन क्षतिग्रस्त भएपछि खुल्ला चौरमा स्वास्थ्य सेवा सुरु गरियो

LC (KTM) November 05, 2023 0

जाजरकोट, १९ कात्तिक स् भूकम्पको केन्द्र विन्दु रहेको बारेकोटका स्वास्थ्य संस्थाको भौतिक संरचनमा क्षति पुगेपछि यतिबेला खुला चौरमा सेवा सुरु गरिएको छ । दश शय्याको अस्पतालको रुपमा विकास भएको लिम्सास्थित स्वास्थ्य संस्थाको भवन भूकम्पका कारण भत्किएपछि खुला स्थानमा सेवा सुरु गरिएको हो ।

गाउँपालिकाको आधाभूत स्वास्थ्य तथा सरसफाइ सेवा समेत खुल्ला चौरमै दिनुपरेको वरिष्ठ अनमी कल्पना रोकायले बताउनुभयो । भूकम्पले भवन चर्काएपछि एम्बुलेन्स राख्न स्थानमा आवश्यक उपकरणको व्यवस्था गरी घाइतेका उपचार सुरु गरिएको उहाँको भनाइ छ । जाजरकोटका विभिन्न स्थानमा अहिले पनि भूकम्पका पराकम्पन गइरहेकोले सेवा प्रवाहमा समस्या भएको उहाँले बताउनुभयो । भूकम्पको केन्द्रविन्दु रामीडाँडा गाउँपालिकाको केन्द्रबाट झण्डै चार किलोमिटरको दुरीमा पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर