राँझा९बाँके०,१९ कात्तिक नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको लागि आएका जाजरकोट भूकम्पमा परी घाइते तथा पीडित परिवारलाई अस्पताल परिसरमा कम्बल र कपडा वितरण गर्दै नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष नन्दलाल वैश्य ।
यो पनि : शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट र रुकुम पश्चिमका सडक सञ्चालनमा आए :जाजरकोट, १९ कात्तिक स् शुक्रबार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालन भएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाएको हो । भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ ।
त्यस्तै सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडकसमेत खुलाएको छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाभित्रका सडकसमेत खुलाएको छ । राहत तथा उद्धारमा सहजता ल्याउनका लागि तत्काल सडक सञ्चालन गरिएको सडक डिभिजन चौरजहारीका प्रमुख ई तेजस्वी शर्माले जानकारी दिनुभयो । राहत तथा पुनःस्थापनाका लागि सडक पहिलो आधार भएकाले तत्काल सडक खुलाइएको हो । मध्यपहाडी लोकमार्गमा रहेका सडकसमेत खुलाइएको छ ।