ओली र नेपाललाई भट्टराईको प्रश्न : युथ फोर्स, अखिल फोर्सको औचित्य के छ ? — OSNepal

ओली र नेपाललाई भट्टराईको प्रश्न : युथ फोर्स, अखिल फोर्सको औचित्य के छ ?

LC (KTM) July 24, 2021 0

काठमाडौँ ९ साउन । नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाललाई युथ फोर्स, अखिल फोर्सको औचित्य के छ ? भन्दै प्रश्न गरेका छन् ।

भट्टराईले समाजमा आतंकको आभास दिने र युवाहरूलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्धत यस्ता बाहुबली समूहहरू तत्काल खारेज गर्नुपर्ने भन्दै नेपाल र ओलीलाई आग्रह गरेका छन् ।

भट्टराईले भनेका छन् , ‘ऐतिहासिक र गौरवशाली इतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने आन्दोलन र क्रान्तिको अग्रभागमा रहेर भूमिका खेलेका, हजारौँ युवाहरूलाई राजनीतिक र वैचारिक शिक्षामार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्‍याएका अनेरास्ववियु र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स अखिल फोर्सको औचित्य के छ ? समाजमा आतंकको आभास दिने र युवाहरूलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्धत यस्ता बाहुबली समूहहरू तत्काल खारेज गर्नु पर्दछ,’

शान्तिपूर्ण र वैधानिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने, कानूनी राज्यलाई स्वीकार गर्ने, फरक मतलाई फक्रन दिने जस्ता विशेषता सहितको बहुदलीय जनवादको सिद्धान्तलाई अनुशरण गरेको एमालेका लागि सुहाउने काम नभएको नेता भट्टराईको तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर