दाङ, १९ कात्तिक ः दाङको घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित स्वर्गद्वारी आश्रम टोलका लोकेन्द्र रोकाले घर नजिकैको जमिन भाडामा लिएर व्यावसायिक रुपमा गर्नुभएको फूलखेतीमा ढकमक्क फुलेको फूल ।
जलजला पुष्पखेती तथा नर्सरीका सञ्चालक रोकाले १० वर्षदेखि घोराही बजार नजिकै फूल खेती गर्नुका साथै नर्सरी सञ्चालन गरेर फूलका बेर्ना पनि बिक्री गर्दै आउनुभएको छ ।