अध्यक्ष प्रचण्डलाई मानसिक तनाव ! — OSNepal

अध्यक्ष प्रचण्डलाई मानसिक तनाव !

LC (KTM) July 24, 2021 0

काठमाडौं ९ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु अहिले मानसिक तनावमा रहेको बताएका छन् ।

आज शनिबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड नरबहादुर कर्माचार्याको ८औं स्मृति दिवसमा पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिले आफु कहाँ कसलाई मन्त्री बनाउने कसलाई नबनाउने भनेर आउनेको भीड लागेको बताउँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

मन्त्री बन्न दबाब दिन मान्छेहरुको हुल भित्रबाट आएको छ । जसले गर्दा आफ्नो दिमाखमा आतंक भएको छ प्रचण्डले भनेका छन् , ‘आतंक छ मेरो दिमागमा, कसलाई मन्त्री बनाउने , कसलाई नबनाउने भनेर । हाम्रो ४९ जना सांसद सबैलाई मन्त्री चाहिएको छ । हामीले पाउने भनेको बढिमा ७ वटा मन्त्रालय हो । यहाँ मन्त्री नभयो भने चाहीँ नेतृत्वलाई सरापेर हिँड्ने, मन्त्री पायो भनेमात्रै गर्ने प्रवृत्ति चाहीँ जबरजस्त छ । यहाँ ठूलै नियुक्ती पायो भने ठिक छ । पाएन भने चाहीँ नेतृत्व चाहीँ बदमासै हो भन्ने परिपाटी छ’ ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले चार पाँच दिन देखि आफुमा एक खालको मानसिक तवान रहेको बताएका छन् । मिल्ने भए ४९ जना सबैलाई मन्त्री बनाइदिन्थे तर त्यस्तो हुँदैन प्रचण्ड भन्छन्, यसबाट के देखिन्छ भने हामी आदर्शको ठूला ठूला कुरा गर्ने, हामी सबैले भन्ने, तर चित्त चाहीँ के छ भने मन्त्री पाईन्छ कि पाईँदैन् ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर