यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलर १३२ रूपैयाँ — OSNepal

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, अमेरिकी डलर १३२ रूपैयाँ

LC (KTM) November 04, 2023 0

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजिनक गरेको छ।जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३२ रुपैयाँ र बिक्री दर १३३ रुपैयाँ ५० पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४१ रुपैयाँ २५ पैसा र बिक्री दर १४१ रुपैयाँ ८९ पैसामा कारोबारको अनुमति दिएको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ०४ पैसा र बिक्री दर १६२ रुपैयाँ ७७ पैसा कायम हुदाँ राष्ट्र बैंकले अष्ट्रे्लियन डलर एकको खरिद दर ८५ रूपैयाँ ५६ पैसा तथा बिक्री दर ८५ रूपैयाँ ९५ पैसा, क्यानेडियन डलर ९६ रूपैयाँ १७ पैसा तथा बिक्री दर ९६ रूपैयाँ ६० पैसामा कारोबार गर्न अनुमति दिएको छ।

जापानी येन १० को खरिददर ८ रूपैयाँ ८४ पैसा तथा बिक्री दर ८ रूपैयाँ ८८ पैसा बराबर भाउ पाउँदा चाइनिज युआन १ को खरिद दर १८ रूपैयाँ १६ पैसा तथा बिक्री दर १८ रूपैयाँ २४ पैसा कायम गरिएकाे छ।

साउदी रियाल १ को खरिद दर ३५ रूपैयाँ ४३ पैसा तथा बिक्रि दर ३५ रूपैयाँ ५९ पैसा, युएइ दिराम १ को खरिददर ३६ रूपैयाँ १८ पैसा तथा बिक्री दर ३६ रूपैयाँ २५ पैसा कायम हुदाँ कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४५ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसामा कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर