जाजरकोट-चार सय १७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको छ । जिल्ला वन अधिकृत खिलानाथ दाहालका अनुसार गत बुधाबार वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत गरेको हो ।
प्रतिवेदन स्वीकृत भएसँगै नलगाड जलविद्युत् आयोजनाको निर्माणका लागि बाटो खुलेको छ । सरकारले उक्त परियोजनाका लागि रकम जुटाउने प्रयास गरिरहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले राससलाई बताउनुभयो ।
आयोजना निर्माणका लागि रु एक खर्ब २३ अर्ब लाग्ने अनुमान गरिएको छ । वातावरणीय व्यवस्थापनका लागि रु ५६ अर्ब लाग्ने अनुमान गरिएको आयोजनाले जनाएको छ ।