शिल्पा शेट्टीका पति राज कुन्द्राको गिरफ्तारीबाट उनको जिवन उथल पुथल मच्चिएको छ । पोर्नाेग्राफीको मामलामा राजको यस्तो हर्कतले शिल्पालाई एकदमै असर पुगेको छ । यस हंगामाका बीच शुक्रबार २३ जुलाईका दिन शिल्पाको हंगामा २ रिलीज भएको छ । १४ बर्ष पछि फिल्ममा शिल्पाको कमब्याकलाई लिएर उनकी बहिनी समिता शेट्टीले सर्पाेट गर्दै एक नोट शेयर गरेकी छिन् ।
शमिताले लेखेकि छिन्– १४ बर्ष पछि तिम्रो फिल्म हंगामाको रिलीजमा अल द बेस्ट मेरो डार्लिङ मुनकी, मलाई थाहा छ तिमीले यसमा धेरै मेहनत गरेकी छौ, पुरै टिमले गरेको छ , तिमिलाई मेरो माया तथा म सधै तिम्रो साथमा छु ।
तिमी आफ्नो जिन्दगीमा धेरै उत्तार–चढाव बाट गुज्रीरहेको छौ तथा म एक कुराका लागि पक्का छु कि तिमी एकदमै स्ट्रङ रहु यो समय पनि बितेर जानेछ डार्लिङ । पुरा टीमलाई शुभकामना । उनले यस फिल्ममा एकदमै जोडका साथ सबैले काम गरेको भन्दै हेर्नका लागि उनले आग्रह गरेकी छिन् ।