गठबन्धन टुटाउने प्रयास भयो,बचाउने प्रयास गर्‍यौं ,अहिले पनि भत्काउने प्रयास भैरहेको छ : प्रचण्ड — OSNepal

गठबन्धन टुटाउने प्रयास भयो,बचाउने प्रयास गर्‍यौं ,अहिले पनि भत्काउने प्रयास भैरहेको छ : प्रचण्ड

LC (KTM) July 24, 2021 0

काठमाडौँ ९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका नेता माधव कुमार नेपालबिच भेटवार्ता भएको छ । आज शनिबार नेता नेपाललाई भेट्न प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

भेटका क्रममा प्रचण्डले नेपालले केपी शर्मा ओली प्रति गरेको भाषणका लागि धन्यवाद दिएका थिए । व्यंग्यात्मक तरिकाले गरिएको भाषणमा ओलीलाई महाराज भनेका आफुले धन्यवाद दिएको पनि अध्यक्ष प्रचण्डले जनाएका छन् ।

नेपाललाई भेटी पेरिसडाँडा पुगेका प्रचण्डले गठवन्धन भत्किन नदिने प्रयास भइरहेको बताएका छन् । आफुले बचाउन खोजे पनि गठवन्धन भत्काउने प्रयास भइरहेको बताएका अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन टुटाउने प्रयास भयो । बचाउने प्रयास गर्‍यौं । अहिले पनि भत्काउने प्रयास भैरहेको छ । एमसीसीमा भिडाएर झगडा गराउन खोजिदैछ।’

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा आज शनिबार पेरिसडाँडामा आयोजित एक कार्यक्रममा अध्यक्ष यस्तो प्रतिक्रिया दिएका हुन् । संविधानको रक्षा गरेपनि अझै चुनौती रहेकोले बुद्धिमत्तताका साथ सामना गर्नुपर्ने पनि प्रचण्डले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर