एमसीसीमा भिडाएर गठबन्धन भत्काउन खोजेको प्रचण्डको आरोप — OSNepal

एमसीसीमा भिडाएर गठबन्धन भत्काउन खोजेको प्रचण्डको आरोप

LC (KTM) July 24, 2021 0

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेता भीम रावलले संसद पदबाट दिएको राजीनामा गठबन्धन पक्षका नेताबीच फाटो ल्याउन गरिएको षडयन्त्र भएको आरोप लगाएका छन् ।

शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गठबन्धन टुटाउने प्रयास भएको तर आँफुहरु बचाउन लागिपरिरहेको दाबी गरेका छन् ।

शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई एमसीसीमा भिडाएर झगडा गराउन खोजिएको भित्री रहस्य बाहिर ल्याएका हुन् । प्रचण्डले संविधान बचाएर ठूलै लडाइँ जितिएको उल्लेख गर्दै भने हाम्राबिच अझै चुनौती बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर