मलेसियामा निधन भएका २४ नेपालीको शव एकसाथ नेपाल ल्याइयो — OSNepal

मलेसियामा निधन भएका २४ नेपालीको शव एकसाथ नेपाल ल्याइयो

LC (KTM) July 24, 2021 0

काठमाडौं । मलेसियामा विभिन्न समयमा मृत्यु भएका २४ नेपालीको शव शनिबार बिहान नेपाल ल्याइएको छ । २४ नेपालीको शव र तीन अस्तु नेपाल ल्याएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालय स्रोतका अनुसार मलेसियामा विभिन्न समयमा मृत्यु भएका नेपालीहरुको शव आज बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको हो । ति शवहरु वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएको ।

उक्त शवहरु शनिबार नै आफन्तको जिम्मा लगाइएको छ । परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु नेपाल ल्याइएको पनि वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ । शव बुझ्दा विमानस्थलमा आफन्तको रुवाबासी देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर