काठमाडौँ उपत्यका सहित आज देशभरका यि स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह — OSNepal

काठमाडौँ उपत्यका सहित आज देशभरका यि स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

LC (KTM) July 24, 2021 0

काठमाडौं । काठमाडौँ उपत्यका सहित बागमती प्रदेशको एकरदुई स्थानमा आज पनि भारी बर्षा हुने संभावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज पनि बाग्मती प्रदेश सहित देशभर केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । महाशाखाले आज पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदि नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैमा अपिल गरेको छ ।

देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यो पनि : आजदेखि लामो दूरीका सार्वजनिक सवारी सािधन पनि संचालनमा आए, तर यि नियमहरु अनिवार्य पालना गर्नुपर्ने :
कोरोना महामारी बढ्दै गएका कारण रोक लगाइएको लामो तथा छोटो दूरीका सार्वजनिक यातायात आजबाट संचालनमा आउने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर यात्राको लागि सहजीकरण गर्न यातायात चल्न दिने निर्णय गरे अनुसार मन्त्रिपरिषद्को निर्णय अनुसार यातायात सञ्चालन गर्ने निर्णय भएको हो । तर यातायात ब्यबसायीले अन्य समयमा जसरी मनपरी ढंगले संचालनमा ल्याउन भने नपाउने भएका छन् ।

जसका लागि व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउन पर्नेछ । साथै यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउण्टरबाट टिकट लिएर मात्र यात्रा गर्नुपर्नेछ । गृहमन्त्रालयले लामो दूरीका यातायात सञ्चालनमा सहजीकरण गर्न सबै जिल्लामा परिपत्र गरेसँगै यो सुविधा देशभर आजबाट नै लागू हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर