काठमाडौं । कोरोना महामारी बढ्दै गएका कारण रोक लगाइएको लामो तथा छोटो दूरीका सार्वजनिक यातायात आजबाट संचालनमा आउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर यात्राको लागि सहजीकरण गर्न यातायात चल्न दिने निर्णय गरे अनुसार मन्त्रिपरिषद्को निर्णय अनुसार यातायात सञ्चालन गर्ने निर्णय भएको हो ।
तर यातायात ब्यबसायीले अन्य समयमा जसरी मनपरी ढंगले संचालनमा ल्याउन भने नपाउने भएका छन् । जसका लागि व्यवसायीले नेपाल सरकारले तोकेको जनस्वास्थ्यका मापदण्ड अपनाएर मात्र गाडी चलाउन पर्नेछ ।
साथै यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउण्टरबाट टिकट लिएर मात्र यात्रा गर्नुपर्नेछ । गृहमन्त्रालयले लामो दूरीका यातायात सञ्चालनमा सहजीकरण गर्न सबै जिल्लामा परिपत्र गरेसँगै यो सुविधा देशभर आजबाट नै लागू हुनेछ ।