प्रतिनिधिसभामा ओलीका मान्छेहरुले देउवामाथि यसरी कसे कटाक्ष — OSNepal

प्रतिनिधिसभामा ओलीका मान्छेहरुले देउवामाथि यसरी कसे कटाक्ष

LC (KTM) July 24, 2021 0

काठमाडौं – प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदबीच आरोप–प्रत्यारोप चल्यो। प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार जनादेशबाट नभई परमादेशबाट गठन भएको बताएपछि आरोप–प्रत्यारोप चलेको हो।

बैठकमा प्रधानमन्त्री देउवालाई बधाई र शुभकामना दिने क्रममा धारणाराख्दै नेम्वाङले अदालतबाट संविधानको धारा ७६(५) को अपव्याख्या गरिएको बताए। उनले अदालतले संविधानको धारा ७६(५) अनुसार सरकार बन्दा दलीय ह्विप नलाग्ने व्याख्या गरेको तर लोकतन्त्रमा त्यस्तो हुनै नसक्ने जिकिर गरे। अदालतको परमादेशपछि धारा ७६(५) अनुसार प्रधानमन्त्री बनेका देउवाले विश्वासको मत लिने क्रममा नेपाली कांग्रेसर माओवादी केन्द्रले आफ्ना सांसदलाई ह्विप लगाएको नेम्वाङले बताए।

उनले एमालेको हकमा भने ह्विप लगाउन नपाइने भन्नु संसदीय प्रणालीको मूल्यमान्यताविपरीत भएको बताए। उनले सर्वोच्च अदालतको फैसलाले संविधानले परिकल्पना गरेको बहुदलीय व्यवस्थार आवधिक निर्वाचनमार्फत सरकार चयन गर्ने व्यवस्थाको मर्मलाई कमजोर बनाएको बताए। उनले अदालतको व्याख्यार आदेशप्रति असन्तुष्टि भए पनि एमालेले त्यसलाई स्वीकार गर्ने बताए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

राज्यका तीन अंगबीचको सन्तुलन पनि सर्वोच्चको फैसलाबाट खलबलिएको उनले बताए। एउटा पार्टीले अर्को पार्टीका केही व्यक्तिसँग गठबन्धन गर्नु असंसदीय, अलोकतान्त्रिकर संविधानविपरीत कार्य भएको दाबी उनको थियो। कांग्रेसले विगतमा ‘कम्युनिस्टहरू लोकतान्त्रिक मूल्यमान्यता जान्दैनन् भनेर सम्झाउने गरेको स्मरण गर्दै भने, ‘त्यसभित्र यो पर्छ। प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर