बलिउडका सुपरस्टार सलमान खानको बिबाहको बिषयलाई लिएर सधै चर्चा हुने गरेको छ । उनी ५५ बर्षको भईसक्दा समेत बिबाह गरेका छैनन् । उनको बलिउडमा टप हिरोइनहरु संग नाम जोडिए पनि कसै संग सम्बन्ध भने जोडिन सकेको छैन ।
बिबाहको बिषयमा सोधिएका हरेक सवाललाई उनले सजिलै हाँसेर उडाई दिने गरेका छन् । आफ्नो ब्यक्तिगत जिवन बारे कमै खुलेर बोल्ने सलमानले भने आफ्नै भाई अरबाज खानको शो मा भने धेरै कुरा खुलासा गरेका छन् । एक जना महिलाले दुबईमा सलमान खानकी श्रीमती र एक छोरी रहेको दाबी गरेको बिषयमा सलमानले बल्ल मुख फोरेका छन् ।
उनले आफ्नो श्रीमती र छोरी रहेको बिषयमा आफै आश्चर्यमा परेको बताए । सलमान खानको बिबाहको बारेमा एक सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको श्रीमती दुबईमा भएको र उनको छोरी १७ बर्षको भईसकेको समेत दाबी गरेका छन् । उनले गोप्य रुपमा बिबाह गरेर पत्नी नुर र छोरीलाई लुकाएर राखेको चर्चा भईरहने गरेको छ ।
उनले यस बिषयमा भने यो मुर्खहरुले फैलाएको हल्ला भएको र आफुले यस्ता बिषयमा कुनै प्रतिक्रिया दिन जरुरी नरहेको बताएका छन् । सेलीब्रेटीहरुको यस्ता खालका बिबादास्पद समाचारहरु आई रहने गरेका छन् । तर सलमानको बिषयमा लभ अफेयरका कुरा आईरहे पनि छोरी नै भएको र गोप्य रुपमा दुबईमा लुकाएर राखेको बिषय भने अत्यन्तै चासोका साथ हेरिएको छ ।