गण्डकी, ४ कात्तिक : पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिरको कोतघरमा मल्लकालीन संस्कृतिलाई निरन्तरता दिँदै आज फूलपाती भित्र्याइएको छ ।प्राचीन परम्पराअनुसार मन्दिर आसपासका बस्ती बरमाझथर, बरपौवा, बरधारापानीलगायतका गाउँबाट फूलपाती सङ्कलन गर्ने संस्कृतिको निरन्तरताका लागि मगर समुदायका दुुई जनालाई फूलपातेका रुपमा परिचालन गरिएको कोटभैरव मन्दिर संरक्षण समितिका सचिव कमलप्रसाद पौडेलले राससलाई जानकारी दिनुुभयो ।
सङ्कलन गरिएका फूलका डोलीलाई मन्दिर परिसरको केही तलस्थित मैदानमा विशेष पूजाआजा गरी बाजागाजाका साथ कोतघरमा पुु¥याइएको उहाँले बताउनुुभयो । यसरी फूलपाती भित्र्याउँदा समाज एवं राष्ट्रको कल्याण हुने जनविश्वास छ ।
मल्लकालीन समयदेखि अस्तित्वमा रहेको कोटभैरव मन्दिरमा तत्कालीन समयदेखि नै प्रत्येक वर्षको दुुर्गा पक्षमा घटस्थापना गरी फूलपाती भित्र्याउने, महाअष्टमी, कालरात्रि, महानवमी विशेष पूजाका साथै विजयादशमीका दिन सामूहिक टीकाप्रसाद लगाउने प्रचलन छ ।
घटस्थापनादेखि विजयादशमीसम्म मन्दिरमा मगर पुजारीले नियमित सरसफाइ तथा पूजाका साथै अन्य नियमित पूजाआजा र ब्राम्हण पुजारीले दुुर्गा सप्तशती पाठ गर्दछन् ।कोटभैरवको दर्शन गरेमा मनले चिताएको पुुग्ने विश्वासका कारण कास्की, तनहुँ र स्याङ्जा आसपासका स्थानबाट ठूलो सङ्ख्यामा दर्शनार्थी कोटभैरव आउने गरेका छन् ।