ओलीले दिएको आममाफीप्रति कटाक्ष गर्दै नेपालले भने,महाराजधिराज खुसी हुनु भएकोले हामीलाई आममाफी मिलेको छ — OSNepal

ओलीले दिएको आममाफीप्रति कटाक्ष गर्दै नेपालले भने,महाराजधिराज खुसी हुनु भएकोले हामीलाई आममाफी मिलेको छ

LC (KTM) July 23, 2021 0

काठमाडौँ ८ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई श्री ५ को संज्ञा दिएका छन् ।

आफुलगायत २२ जना सांसदहरुलाई बाटो बिराएर हिडेकाहरुलाई आममाफी भयो भन्दै दिएको ओलीको अभिव्यक्ति प्रति टिप्पणी गर्दै नेता नेपालले ओलीको घोषणालाई श्री ५ को हुकुमको संज्ञा दिएका हुन् ।

आज आयोजित एक कार्यक्रमा सहभागी भएका नेपालले ओलीलाई महाराजधिराज भन्दै महाराजधिराज खुसी हुनु भएकोले हामीलाई आममाफी मिलेको टिप्पणी गरेका हुन् ।

हिजो महामहिम श्री ५ मडामहाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरुमाथि जति पनि स्पष्टीकरण सोधिएको छन्, नेपालले भनेका छन् , ‘उनीहरुलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गदगद् भयौं’ ।

ओलीको यो अभिव्यक्तिलाई आलोचना गर्दै नेपालले यसलाई कम्युनिस्ट पद्धती भनिन्छ ? हो भन्दै प्रश्न समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर