ओली प्रति नेपालको टिप्पणी : १२१ बाट ८३ मा पुग्नुभो, अझै कति घट्ने हो ठेगान छैन् — OSNepal

ओली प्रति नेपालको टिप्पणी : १२१ बाट ८३ मा पुग्नुभो, अझै कति घट्ने हो ठेगान छैन्

LC (KTM) July 23, 2021 0

काठमाडौं ८ साउन । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओली अब अझै कमजोरी भएर जाने टिप्पणी गरेका छन् । आफुहरु पार्टी एकताको लागि संयमित भएर लागेको बताएका नेपालले ओलीले एक पछि अर्को गर्दै गल्ती गर्दै गएको बताएका छन् ।

‘आज सुध्रिन्छन् कि भन्यो, सुध्रिनेवाला देखिएन । मैले त सार्वजनिक कार्यक्रममा बोल्दापनि साथीहरले एकतामा असर पर्ला है भनेर बोलने बेलामा मलाई संयमित बनाउनुहुन्छ, हिजै पनि पुष्पलालको स्मृति दिवसमा चम्पादेवीमा आयोजित कार्यक्रममा साथीहरुले त्यही भन्नुभयो । म त ख्याल गरेर बोलिरहेको छु ।’ उनले भने ।

बहुमत प्राप्त कम्युनिष्टको १२१ सिट थियो । अहिले ९३ हुँदै ८३ मा झरेको छ अब कति झर्ने हो हेर्न बाँकी रहेको नेता नेपालले बताएका छन् । ‘एक्लो बहुमत प्राप्त गरेको कम्युनिष्ट पार्टी, १२१ सिट एमालेको थियो, ९३ हुँदै अस्ति त ८३ मा फर्यो । अझै कति घट्ने हो ठेगान छैन् ?’नेपालले भने ।

आफुहरुले दोस्रो पटक पनि संसदको रक्षा गरेको बताएका नेपालले भने,’कार्यापालिका, न्यायापािलकाको रक्षा गरेका छौं । हामीले न्यायोचित काम गरेका छौं । संविधानसम्मत् काम गरेको छ । यसमा हामीलाई गौरवबोध छ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर