बलिउड अभिनेता अक्षय कुमारले कोभीड १९ को महामारीको प्रकोपकाबीच संघर्ष गरिरहेका कलाकारको सहयोगका लागि ५० लाख रुपैया दान दिएका छन् । राष्ट्रिय स्वयंमसेवक संघ आरएसएस संग सम्बद्ध संस्कार भारतीले यो जानकारी दिएका हुन् ।
संगठनको बिज्ञप्तिमा भनिएको छ कि प्रसिशद्ध पाश्र्व स्वर कलाकार हरीश भिमानीले पनि आवश्यक कलाकारको सहयोगका लागि ५ लाख रुपैया दिएका छन् । संस्कार भारतीले महामारीका कारण कठिनाईको सामना गरिरहेका कलाकारलाई आर्थिक सहायता प्रदान गर्नका लागि रकम जुटाईरहेको बताएका छन् ।
यसको लागि भारतीय जनता पार्टीका सांसद तथा गायक हंसराज हंसको अध्यक्षतामा एक कमिटी समेत गठन गरिएको छ । आपतमा परेका कलाकारलाई आर्थिक सहयोग जुटाउन केही समय अघि एक सांगितिक कार्यक्रम समेत गरेका थिए । अक्षयले भने यसपटक धेरै ठाउँमा सहयोग गरिसकेका छन् ।