सबै जनतालाई खोप दिने सरकारको यस्तो तयारी, देउवा भन्छन् 'ऋण लिएर भए पनि खोप दिने हो' — OSNepal

सबै जनतालाई खोप दिने सरकारको यस्तो तयारी, देउवा भन्छन् ‘ऋण लिएर भए पनि खोप दिने हो’

LC (KTM) July 23, 2021 0

काठमाडौं । सकारले कुनै हालतमा पनि सबै जनतालाई खोप दिने प्रतिवद्धता ब्यक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ऋण लिएर भए पनि सबै जनतालाई खोप दिने प्रतिवद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप भएको उल्लेख गर्दै ऋण लिएर भए पनि सबै जनतालाई खोप दिने विषयमा प्रस्ट पारे ।

उनले जति महंगो भए पनि किनेर जनतालाई खोप पुर्‍याउने प्रतिवद्धता फेरी पनि दोहोर्याएका हुन् । यसअघि पनि देउवाले प्रधानमन्त्री बने लगत्तै खोपको विषय उठाएका थिठए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर