पति राज कुन्द्रालाई अदालतमा पेश गर्न लागेका बेला शिल्पाले भनिन्‘भाग्यमानी छु किनकी म जिउँदो छु’ — OSNepal

पति राज कुन्द्रालाई अदालतमा पेश गर्न लागेका बेला शिल्पाले भनिन्‘भाग्यमानी छु किनकी म जिउँदो छु’

LC (KTM) July 23, 2021 0

काठमाडौँ । बलिउड नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रालाई आज प्रहरीले अदालतमा पेश गर्दैछ । पति राज समातिएसँगै शिल्पामाथी पनि अनेकन प्रश्नहरु उब्जिएका बेला उनले आँफु जिउँदो रहेकोमा भाग्यमानी भएको उल्लेख गरेकी छिन् ।

पतिलाई अदालतमा पेश गर्न लागिएकै दिन शिल्पाले सामाजिक संजालमा लेखेकी छिन् ‘रिसाएर पछाडि र डराएर अगाडि नहेर्नुहोस् । तर, चारैतिर नजर घुमाएर सजक हुन आवश्यक छ । हामी रिसाएर तिनै मानिसहरुतर्फ हेर्छौ, जसले हामीलाई चोट पुर्याएका छन् । जुन तनाव हामीले भोगेका छौं, त्यो दुर्भाग्य हामीले सहनु पर्नेछ ।

हामीले डराएर पछाडि हेर्यौ भने आफ्नो जागिर गुमाउन सक्छौं, बिरामी पर्न सक्छौं या कोही आफ्नो मान्छेको मृत्युको डरले सताउन सक्छ । हामीले यो कुरा सुधार गर्नुपर्छ ।’ आफ्ना भावनाहरु पोख्दै शिल्पाले आँफु आजसम्म जिवित रहेकोमा नै आँफुलाई भाग्यमानी ठानेको उल्लेख गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर