खाडी मुलुकमा रहेका नेपालीहरुको सहयोगमा पठाएको ५ सय ६० वटा अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो — OSNepal

खाडी मुलुकमा रहेका नेपालीहरुको सहयोगमा पठाएको ५ सय ६० वटा अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

LC (KTM) May 15, 2021 0

काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियान अन्तर्रगत मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट ५ सय ६० अक्सिजन सिलिण्डन काठमाण्डौंमा आइपुगेको छ ।कोभिड – १९ संक्रमणले हाल नेपालमा ज्या दै कठिन र दु खदायी अवस्था सिर्जना हुँदै गइरहेकोर ।

संक्रमणका कारण मानवीय क्षति बढ्दो भइरहेको जटिल परिस्थितीमा मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट ५ सय ६० अक्सिजन सिलिण्डन काठमाण्डौंमा ल्याइएको हो । ग म्भीर र ज टिल अवस्थाका बिरामीको ज्या न जोगाउन अक्सिजन, भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, औषधी तथा अन्य स्वास्थ्य सामग्रीको माग बढीरहेको छ । देशको पछिल्लो स्वास्थ्य सम्बन्धी संकटलाई मध्यनजर गर्दै संघले यसअघिनै विश्वव्यापी रुपमा सहयोग संकलनको अभियानको सुरुआत गरेको छ ।

यसै अभियानमार्फत संघले विदेशस्थित राजदूताबास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरुसँग सहकार्य गरेको छ । मध्यपूर्वदेखि अक्सिजन सिलिन्डर नेपाल पुराउने अभियानमा विशेष पहलकदमी लिने ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) ओमान, संघका केन्द्रिय पदाधिकारीहरु, मध्यपूर्वमा रहेका राष्ट्रिय समन्वय परिषद्हरु प्रति संघले धन्यवाद दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर