बागमती मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय — OSNepal

बागमती मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

LC (KTM) October 10, 2023 0

मकवानपुर, २३ असोज : बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले खरको छाना मुक्त बागमती प्रदेश कार्यक्रम, सिमान्तकृत चेपाङ, वनकरिया माझी र बोटे समुदाय एकीकृत बस्ती तथा आवास कार्यक्रम कार्यान्वयनका लागि स्वीकृति प्रदान गरेको छ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट कार्यान्वयन हुने उक्त कार्यक्रमका लागि मन्त्रिपरिषद् बैठकले कार्यविधिलाई स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले बागमती प्रदेशको वर्षे अधिवेशन अन्त्यका लागि सिफारिस गरेको छ । बैठकले आज राति १२ बजेदेखि वर्षे अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो । बैठकले प्रदेशसभाको १२औँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार प्रदेश प्रमुख शर्माले अधिवेशन अन्त्य गर्नुहुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर