कम हुँदै गयो डेङ्गी सङ्क्रमण — OSNepal

कम हुँदै गयो डेङ्गी सङ्क्रमण

LC (KTM) October 10, 2023 0

काठमाडौँ, २३ असोजः डेङ्गी भाइरसको सङ्क्रमण कम हुँदै गएको छ । अङग्रेजी महिनामा अगस्त ९साउन १६ देखि भदौ १४ गतेसम्म० मा बढेको डेङ्गु सङ्क्रमण सेप्टेम्बर महिना ९भदौ १५ देखि असोज १३ गतेसम्म०मा घटेको पाइएको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले स्थानीय तहले सजकता अपनाउँदा र लार्भा खोज र नष्ट गर अभियान सञ्चालन हुँदा सङ्क्रमण फैलिन नपाएको बताउनुभयो । “हामीले भदौ र असोजमा डेङ्गी सङ्क्रमण बढ्ने प्रक्षेपण गरेका थियाँै”, उहाँले भन्नुभयो, “स्थानीय तह र सर्वसाधारणले लामखुट्टेका लार्भा नियन्त्रणमा खेलेको भूमिकाले गर्दा सङ्क्रमण बढ्न पाएन ।”

सुनसरी जिल्लाबाहेक अन्य जिल्लामा डेङ्गी नियन्त्रणमा रहेको उहाँको भनाइ छ । यस वर्ष अहिलेसम्म ३५ हजार दुई सय २३ जना डेङ्गी सङ्क्रमणबाट बिरामी भएका छन् । ७६ जिल्लामा डेङ्गी सङ्क्रमण फैलिँदा २० जनाको ज्यान गएको छ ।

सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण र ८८ जनाको मृत्यु भएको थियो । गत अगस्तमा १३ हजार आठ सय ४० सङ्क्रमण देखिएकामा सेप्टेम्बरमा ११ हजार पाँच सय ६६ सङ्क्रमण देखिएका छन् । गत वर्ष सन् २०२२ मा अगस्टमा तीन हजार सात सय आठ र सेप्टेम्बरमा २७ हजार पाँच सय २९ जनामा डेङ्गी सङ्क्रमण देखिएको थियो ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भई टोकेपछि डेङ्गी रोग लाग्ने गर्दछ । महाशाखाले भदौ र असोजमा डेङ्गी सङ्क्रमण बढ्ने प्रक्षेपण गरेको थियो । तर सतर्कता अपनाउँदा सोअनुसार बढ्न नपाएको महाशाखाले जनाएको छ ।

सुनसरीमा मात्र १६ हजारभन्दा बढी सङ्क्रमित

सङ्क्रमण देखिएकामध्ये जिल्लामा सुनसरीमा अगाडि देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा १६ हजार ८० जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । झापा तीन हजार पाँच सय ६२, धादिङमा तीन हजार एक सय २३, तनहुँमा तीन हजार एक सय २१ जना मोरङमा दुई हजार दुई सय ७३, कास्की सात सय ७२, काठमाडौँमा सात सय ६४, सङ्खुवासभामा पाँच सय २६, कैलाली चार सय ८० र धनकुटामा चार सय ४५ जनामा सङ्क्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर