काठमाडौँ- नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले इजरायलमा रहेका नेपालीलाई स्वदेश फर्कने वातावरण मिलाउन माग गरेको छ ।युनियनका महासचिव अजयकुमार राईले विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न स्थानमा विद्रोही समूह हमासको आक्रमणमा परेर १० नेपालीको मृत्यु भएको र केही गम्भीर घाइते भएकाले बाँकी नेपालीलाई स्वदेश फर्कने वातावरण निर्माण गर्न माग गर्नुभयो ।
इजरायलमा वैदेशिक रोजगार, शिक्षा हासिल तथा अन्य कामले बसोबास गर्दै आएका नेपालीको तथ्याङ्क एकिन गरी उनीहरुको जीवनरक्षा र तत्काल सुरक्षित स्थानमा उद्दार गर्न नेपाल ट्रेड युनियन कांग्रेसले आग्रह गरेको छ ।