काठमाडौं। झापा र सुुनसरीबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन्।
झापाको दमक नगरपालिका(६ बसपार्क लाईनस्थितमा टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका(७ बस्ने ३८ वर्षीय कुल वहादुर भुजेल समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दकमबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९७ हजार रूपैयाँ र १ बुक ताससहित पक्राउ गरको हो।
सुनसरीको बराहक्षेत्र नगरपालका(२ सैनिक चोक बस्ने ४२ वर्षीय दिपेश भट्टराईको घरमा जुवातास खेलिरहेको अवस्थामा भट्टराई समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चतरा र महेन्द्रनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १७ हजार ५ सय रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो। दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।